रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइयो (तस्बिरहरु)

हिरासतभित्र रवि, बाहिर नाराबाजी

पाेखरा | कात्तिक २, २०८१

रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइयो (तस्बिरहरु)

पोखरा​:   काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको छ ।

 

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका लामिछानेलाई रातारात सडकमार्गबाट पोखरा ल्याइएको हो ।

 

पोखरा ल्याएसँगै उनलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (पश्चिाञ्चल अस्पताल) लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की ल्याइएको हो ।

 

उनलाई करिब पौने ३ बजे जिप्रका कास्कीको कार्यालयमा प्रवेश गराइएको थियो ।


लामिछानेलाई कास्की ल्याउने भएपछि रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसँगै प्रदेशका कार्यकर्ताहरु नाराबाजी गर्न तैनाथ थिए ।

 

 

अर्का उपसभापति डीपी अर्याल र पत्नी निकिता पौडेलचाहिँ लामिछानेसँगै गएका थिए ।  लामिछानेलाई हिरासतमा लगेपछि कार्यकर्ताले प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए ।

 

 

सोही क्रममा बोल्दै उपसभापति स्वर्णिम वाग्लेले प्रतिशोधको राजनीति गरेको धारणा राखेका थिए ।

 

लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सूर्यदर्शन सहकारीको रकम उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

 

थप तस्बिरहरु:

 

 

 

 

 

 

 

 

 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्